बुधबार, जेठ १, २०८२

माओवादी अध्यक्ष दाहालले भने- हरेक दृष्टिले साइकल उपयोगी छ

नेपालखोज २०७८ चैत २६ गते ११:४१

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज चितवनमा आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका छन् ।

म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।‘ खेलकुद मन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आज (शनिबार) बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका छन् । प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताएका छन । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई ४५ हजार रुपैयाँका दरले, ३० वर्षमाथिको विधामा २५ हजार, ५० वर्षमाथिको विधामा २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई २०÷२० हजार रुपैयाँका दरले पुरस्कार रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० औ‌‌‌‍‍‌‍‍ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङ रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्याउने याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।

प्रतिक्रिया