क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त
नेपालखोज
२०७८ चैत २७ गते ११:५३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा बृतान्त खनाललाई नियुक्त गरिएको छ । बृतान्त खनालले आगामी २ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
खनालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षण संस्था र इनस्टीच्यूटहरुमा काम गरेका थिए । तत्कालिन जीएम रौनक मल्ललाई क्यानले हटाए पछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो । ३४ जनाले आवेदन दिएकोमा ९ जनालाई सर्टलिस्ट गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया