बुधबार, जेठ १, २०८२

चेन्नाईले आज रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्दै

नेपालखोज २०७८ चैत २९ गते ८:४१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाईले आज रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

चेन्नाईको कप्तानीबाट महेन्द्रसिंह धोनी बाहिरिए पछि अहिले रविन्द्र जडेजाले कप्तानी गरिरहेका छन् भने बैंग्लोरको कप्तानको रुपमा फाफ डूप्लेसिस रहेका छन् ।

बैंग्लोर अहिलेसम्म ४ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने चेन्नाई पुछारमा रहेको छ ।

आजको खेलमा बैंग्लोर विजयी भए शीर्ष स्थानमा उक्लने छ भने चेन्नाई विजयी भए पहिलो २ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लने छ ।

प्रतिक्रिया