फुटबलमा वर्ष २०७८ फलदायी, नेपाल दक्षिण एसियाकै उत्कृष्ट हुनुपर्छ भन्ने मान्यतालाई मलजल

काठमाडाैं । २०७८ मा नेपालले फुटबलमा केही महत्वपूर्ण उपलब्धि हासिल गर्यो । नेपाल दक्षिण एसियाकै उत्कृष्ट टोली हुन् सक्छ भन्ने मान्यतालाई यो वर्षले थप मलजल गरेको छ ।
वर्ष २०७८ मा नेपाली फुटबलको सबैभन्दा ठुलो उपलब्धी साफ च्याम्पियनसिपमा फाइनल पुग्नु नै रह्यो । नेपाल अहिलेसम्म साफमा फाइनल पुगेको थिएन भन्ने तथ्य यसै वर्ष तोडिएको हो । तर फाइनलमा भारतसँग पराजित हुँदा ऐतिहासिक उपाधि जित्ने नेपालको धोको भने पूरा हुन सकेन् ।
नेपालको प्रशिक्षणको जिम्मा कुवेतका अब्दुल्लाह अल्मुताइरीको काँधमा छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह मैदान भित्र होस् या मैदान बाहिर पूरै छाए । अझ सामाजिक सञ्जालमा उनको सक्रियता बढेको पाइएको छ । उनको कार्यकाल यसै वर्ष सकिएको थियो । राजीनामा दिन्छु अब नेपालको प्रशिक्षण नसम्हाल्ने भन्दै अभिव्यक्ति दिएका उनले थप दुई वर्ष नेपालको प्रशिक्षणमा सम्हालने भएका छन् । राजीनामा दिन्छु भन्ने देखि नेपाल फर्कन्न भनेर समेत उनले घुर्काएका । अन्तत: उनी तीन वर्षको सम्झौता थप गर्दै नेपाल आए । उनलाई एन्फाले नेपाल ल्याउन हदैसम्मको पहल गर्यो र उनी नेपाल फर्किएर नेपाली फुटबललाई थप उचाई दिनका लागि तयारमात्र भएनन् बरु दिन दुई गुणा रात चार गुणा गरेर नेपाली फुटबललाई उचाई दिलाउने डटेर लागे ।
अल्मुताइरीकै भाषामा भन्दा नेपालले तीन लक्ष्य प्राप्त गर्यो । साफको उपविजेता, एसियन कप छनोटको दोस्रो चरण पार गर्दै तेस्रो चरणमा पुग्नु र नयाँ नेपाली टिम तयार पार्नु । उनले तयार पारेको नेपाली टिमलाई अहिलेसम्मकै उत्कृष्ट टिमकोरुपमा फुटबल पण्डितहरु ब्याख्या गर्छन् । उनले नेपाललाई उचाईमा पुर्याउन जुनसुकै हदसम्म जाने र मेहेनत गर्ने र खेलाडीलाई गराउने स्पष्ट पारिसकेका छन् । नेपालले भारतसँग मात्रै यस वर्ष ४ खेल खेल्यो । तर जित निकाल्न भने सकेन । जसमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेलमा मात्र भारतलाई बराबरीमा रोक्न सफल भयो ।
यस्तै नेपालले एसियन पावर हाउसहरु इराक, अष्ट्रेलिया अनि जोर्डन र थाइल्यान्ड जस्ता टिमहरुसँग पनि खेल्यो । यी पावर हाउससँगको खेल अनुभव बटुल्ने अवसरको रुपमा मात्र रह्यो । इराक र थाइल्यान्ड जस्ता बलिया टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र मरिसससँग पनि मैत्रीपूर्ण खेल खेल्यो ।
नेपालले यस वर्ष कूल १४ खेल खेल्दा ५ खेल जित्यो । ७ खेलमा पराजित हुँदा २ खेलमा भने बराबरी गर्यो । भारतबाहेक नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा साफदेखि विश्वकप छनोटसम्मको खेल खेल्यो ।
बिमल घर्ती मगरको पुनरागमन
केही समय मैदान बाहिर रहेका बिमल यसै वर्षबाट खेलमा फर्केका छन् । उनले नेपालका लागि महत्वपूर्ण मानिएको खेलमा गोलसमेत गरे । बिमलले नेपालका लागि गोल संख्या समेत पुर्याएका छन् । उनले नेपालका लागि आगामी वर्ष २०७९ मा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा बनाउने समेत आंकलन गर्न सकिन्छ । नेपालका लागि धेरै गोल गर्नेमा हरि खड्का र निरान्जन रायामाझी छन् । उनीहरु समान १३/१३ गोल गरेका छन् । उनिहरुपछि जुमानु राई अनिल गुरुङ छन् । राई र गुरुङले पनि सन्यास लिइसकेका छन् । उनीभन्दा धेरै गोल खेलिरहेका खेलाडीमा भरत खवासले गरेका छन् । भरतले १० गोल गरेका छन् तर उनले अहिले राष्ट्रिय टिमबाट माैका भने कमै मात्र पाउछन् । अर्का नेपालका आशलाग्दा खेलाडी अन्जन विष्टले टिमका लागि ७ गोल गरेका छन् । अन्जनले साफको फाइनल दोहोरो पहेलो कार्ड पाएर खेल्न पाएका थिएनन् । अन्जन भएको भएँ नेपालको आक्रमक केही डेन्जर हुन्थ्यो भनेर दर्शकले उनलाई मिस गरेका थिए । नेपाल महत्वपूर्ण मानिएको खेलमा पराजित भएको थियो ।
११ खेलाडीको डेब्यु
गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्षभित्र ११ खेलाडीलाई डेब्यु गराइसकेका हुन् । त्यसमा उनले नेपाली टिम सम्हालेको पहिलो खेलमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यू गराए । यस्तै कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले इञ्जुरी टाइममा खेल्दै डेब्यू गरे ।
यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको खेलमा डेब्यू गरे । अलमुताइरीको आगमनपछि दशरथ रंगशालामै ६ खेलाडीले नेपालका लागि डेब्यू गर्ने मौका पाए । नयाँ खेलाडीलाई डेब्यू गराउँदै एक्सपोजर र अनुभव बटुल्ने माैका दिएका अलमुताइरीले माघमा माैरिससविरुद्ध पहिलो खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगरलाई डेब्युको अवसर दिए । यस्तै मरिसस विरुद्धको दोस्रो खेलमा नविन गुरुङले डेब्यु गरे । चैतमा थाइल्यान्डविरुद्धको खेलमा प्रशान्त अवस्थीले पनि डेब्यु गरे ।
चर्चा र परिचर्चाको अल्मुताइरी वर्ष
वर्ष २०७८ मा नेपाली फुटबलले हासिल गरेको उपलब्धि अनी फुटबलसँग जोडिएका धेरै घटनामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मज्जाले छाएँ । यही वर्ष उनले नेपालको प्रशिक्षकमा डेब्यु गरे । नेपाललाई पहिलोपटक साफ च्यम्पियनसिपको फाइनलमा पुर्याए । एएफसी कपमा पनि नेपाल तेस्रो चरणमा प्रवेश गर्यो । इराक र थाइल्यान्ड जस्ता देशसँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।
नेपाली टिमलाई एकजुट बनाउने काम उनैले गरे । वान टिम वान गोल जय नेपाल भन्ने नारासहित उनले नेपाललाई अघि सारे । मैदान भित्र उनले नतिजा दिलाए । तर मैदान बाहिर पनि उनी उत्तिकै सक्रिय रहे । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको टसलका कारण उनी राजीनामा दिने मुडमा पनि पटकपटक पुगे । उनले नेपाल छाड्ने धम्की पनि पटकपटक दिएँ । तर उनले नेपाललाई माया गर्न छाडेनन् र थप सम्झाैता गरे ।
नेम्वाङसँगको टसलमा नेपाली दर्शकले भने प्रशिक्षकलाई साथ दिएँ । दर्शकले नेपालमा राम्रो प्रशिक्षकलाई टिकाउन नसक्ने भनेर एन्फाको कडा आलोचना पनि गरे । उनीहरुले एन्फा फुटबलका लागिभन्दा जनि राजनीतिका लागि बनेको संस्था भनेर आलोचना गरे । पछि नेम्वाङ र प्रशिक्षकको टसल वार्ता र संवादका माध्यमबाट हल भयो ।
उनी कुवेत पुगेकै समयमा नेपाल नफर्किने भनेर स्टाट्स समेत लेख्न भ्याएँ । उनले नेपाललाई सधै माया गरिरहने तर अब प्रशिक्षक भने नरहने सन्देश दिएँ । उनले आफ्नै कारणले नेपालको प्रशिक्षकबाट बिदा भएको बताए । तर उनलाई नेपाली फ्यान र एन्फाले पनि खोजिरह्यो । एन्फाले उनीसँग वार्ता बढायो ।
अन्तत: नेपाल फर्कन राजी भए र ३ वर्षको सम्झौता गर्दै नेपाल आएँ । सामाजिक सन्जालमा सक्रिए रहने अल्मुताइरी समर्थकहरुसँग पनि मज्जाले संवाद गर्छन् । उनको नेपाली फ्लोरसमा बढी रहेका छन् । र उनले नेपालको चाँडबाँडहरुमा हार्दिकता साथ बधाई र शुभकामना सन्देश दिइरहेका हुन्छन् । उनले नेपालको खेलाडीलाई एकदम नै माया र स्नेह गरको सामाजिक सन्जालमार्फत दर्शाउने गरेका छन् ।
प्रतिक्रिया