बुधबार, जेठ १, २०८२

नोर्विच सिटीविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले बोनस ८ लाख ५० हजार पाउन्ड पाउने

नेपालखोज २०७९ वैशाख ४ गते १२:०६

काठमाडाैं । म्यानचेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको नोर्विच सिटीलाई तीन दुई गोललले हराउँदा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डोले बोनसबापत ८ लाख ५० हजार पाउन्ड पाउने भएका छन ।

द सनका अनुसार रोनाल्डोले यो सिजनमा अहिलेसम्म कुल २१ गोल गरिसकेका छन । नोर्विच विरुद्धको त्यो ह्याट्रिक उनको करियरको ६० औं ह्याट्रिक हो भने क्लब करियरको ५० औं हो । युनाइटेडमा सम्झौता हुँदा उनले २० गोल भन्दा बढि र ह्याट्रिक गरेको खण्डमा छुट्टै बोनस दिनुपर्ने सर्त राखेका थिए ।

रोनाल्डोको सम्झौतामा २० गोल पुगे बापत सात लाख ५० हजार बोनस र ह्याट्रिकका लागि थप एक लाख पाउन्ड पाउनुपर्ने सर्त राखेका थिए । जसका अनुसार उनले यो रकम पाउने भएका हुन ।

रोनाल्डोले अब यो सिजनको बाँकी खेलमा हरेक गोलबाफत एक एक लाख पाउण्ड पाउनेछन् । युनाइटेडले यस सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई पनि १० मिलियन पाउण्ड दिने र रोनाल्डोले आफ्नो निकटतम प्रतिद्वन्द्वी ब्रुनो फर्नान्डेसभन्दा १२ गोल अघि भएकाले यो पुरस्कार पनि पाउने लगभग निश्चित जस्तै छ । यसबाहेक, रोनाल्डोले यो सिजन ३० गोल गर्न सकेको खण्डमा २ दशमलव ७५ मिलियन पाउण्ड पाउनेछन।

गत वर्ष युनाइटेडमा फर्किएपछि कहिलेकाहीँ केही आलोचना भोगेका रोनाल्डोले युनाइटेडलाई यो सिजनको प्रिमियर लिगमा शिर्ष चारमा राख्नका लागि महत्वपुर्ण भूमीका खेलिरहेका छन ।

रोनाल्डोले गत महिना टोटनह्याम विरुद्धको जितमा पनि ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया