कक्षा ११ काे परीक्षा जेठ तेस्रो साता

काठमाडौं । रष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले जेठ १६ देखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउन सबै विद्यालयलाई निर्देशन दिएको हो ।
देशका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने काम भइरहेको भन्दै बोर्डले उक्त कार्य सकिएपछि ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७’ अनुसार विद्यार्थीको रजिस्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने सूचनामार्फत जनाएको छ ।
बोर्डले तोकेको मापदण्डअनुरुप जेठ तेस्रो सातादेखि परीक्षा सञ्चालन गर्न सूचनामार्फत जनाएको छ । जसअनुसार जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी तेस्रो सातादेखि सञ्चालन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारी गराएको छ ।

प्रतिक्रिया