नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, नारा खुला छनोटबाट गरिने, विजेताले ५० हजार पाउने

काठमाडाैं । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ सम्म हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले लागो, मस्कट, गीत रचना र नाराका लागि खुल्ला आह्वान गरेको छ । राखेपले सार्वजनिक सूचना जारी गर्दै नारा, लोगो, मस्कट र गीत संरचनाका लागि प्रतिस्पर्धाबाट छनोट गर्ने जनाएको छ ।
वैशाख ११ गतेको मिति राखेर निकालिएको सूचनाबाट उत्कृष्ट हुनेले पुरस्कार पनि पाउने भएका छन । राखेपले लोगोका लागि गण्डकी प्रदेशको प्रतिबिम्ब् झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्किने, खेलकुद समेटिएको र शक्तिको प्रतिक हुनुपर्ने नियम राखेको छ ।
यस्तै मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर हुनुपर्ने भनिएको छ । गीत रचनाका लागि बढिमा चार मिनेटको हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनुपर्ने सर्त राखेको छ ।
उत्कृष्ट हुने लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र गीत रचनालाई २० तथा नारालाई १० हजार रुपैयाँ पुरस्कार दिइने उल्लेख गरिएको छ ।
प्रतिक्रिया