आईपीएल : गुजरात टाइटन्सकाे पाँचौं जित
नेपालखोज
२०७९ वैशाख ५ गते ८:०१

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँचौं जित निकालेको छ । आइतबार राति भएको खेलमा गुजरात टाइटन्सले चेन्नेई सुपर किंग्सलाई तीन विकेटले हराउँदै पाँचौं जित निकालेको हाे ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६९ रन बनायो । राम्रो सुरुवात गर्न नसेको चेन्नेईले सात रनमा पहिलो विकेट गुमाएको थियो भने ३२ रनमा दोस्रो विकेट खेर फालेको थियो ।
यो जितसँगै शिर्ष स्थानमा रहेको गुजरातको ६ खेलमा १० अंक भएको छ । चेन्नेईको भने यो पाँचौं हार हो । लिगको पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नेईको मात्र दुई अंक छ ।
सम्बन्धित
प्रतिक्रिया