सोमबार, वैशाख २९, २०८२

फ्रि फायर खेल्दा चिनजान, पाल्पाबाट काठमाडौं ल्याएर बलात्कार

नेपालखोज २०७९ वैशाख ७ गते १४:१५

काठमाडौ । फ्रि फायर गेम खेल्दा चिनजान भएकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षिय पुरुष पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने महेश उदाशलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पीडितको अभिभावकले आफ्नी छोरी हराएकोले खोजीदिन जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए ।

बालिकाको खोजी गर्ने क्रममा प्रहरीले चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट उनीहरुलाई फेला पारेको थियो । सोधपुछ गर्दा पीडितले अभियुक्त उदाशसँग बिगत एक वर्षदेखि फ्रि फायर खेल्ने क्रममा चिनजान भएको बताएकी छिन् । उदाशले ती किशोरीलाई फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट काठमाडौं ल्याएका थिए ।

अनुसन्धानको क्रममा चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको खुलेको छ । प्रहरीले उदाश उपर जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया