जसले अरुको कुरा सुन्दैनन्…

ज्योतिष शास्त्रअनुसार हरेक राशिका मानिसको प्रकृति, रुचि-अरुचि अलग-अलग हुन्छ । भनिन्छ हरेक राशिको कुनै न कुनै स्वामी ग्रह हुन्छ । जसको प्रभाव सम्बन्धित राशिका मानिसहरुमा पर्छ । केही राशिका मानिसहरु सधैं आफूलाई अरुभन्दा राम्रो मान्छन् । उनीहरु हत्तपत्त कसैको कुरा मान्दैनन् । यही कारणले कतिपय मानिस यिनीहरुको दुस्मन बन्न पुग्छन् । हेरौं यस्तै प्रकृतिका केही राशि :
सिंह : यो राशिका मानिसहरु निकै समझदार तथा मिलनसार स्वभावका हुन्छन् । यद्यपि यिनीहरुको स्वभाव आफैंलाई अरुको तुलनामा उत्कृष्ट मान्ने खालको हुन्छ । यही कारणले यिनीहरु अरु कसैको राय सुन्न चाहँदैनन् । आफ्नो यो बानीका कारण यिनीहरुले अनेकौंपटक समस्यासमेत भोग्नुपर्छ । यही प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी मान्छन् ।
कन्या : यो राशिका स्वामीहरु संवेदनशील हुन्छन् । यिनीहरुलाई कुनै पनि कुरा एकदम छिटो खराब लाग्न थाल्छ । यिनीहरुले अरुको काममा कुनै न कुनै गल्ती-कमजोरी निकालिहाल्छन् । यद्यपि यदि कसैले उनीहरुको गल्ती- कमजोरी औंल्याइदिए यिनिहरुले त्यसलाई पचाउन सक्दैनन् । यिनीहरुमा आफूलाई अरुको तुलनामा सुपर मान्ने प्रवृत्ति हुन्छ ।
धन : यो राशिका मानिसहरु निकै विनम्र स्वभावका हुन्छन् । यिनीहरु पर्याप्त गुणी तथा प्रतिभाशाली पनि मानिन्छन् । यिनीहरु आफूलाई अरुको तुलनामा राम्रो मान्छन् । धन राशिका मानिसहरु हत्तपत्त कसैसँग राय-सल्लाह गर्दैनन् । यो राशिका स्वामीहरुमा सही र गलतको राम्रो बुझाइ हुन्छ । यिनीहरुमा निर्णय लिने क्षमता पनि राम्रो हुन्छ । धनु राशि हुनेहरुमा वृहस्पति ग्रहको प्रभाव रहन्छ ।
मीन : यो राशिका मानिसको स्वभाव केही अलग किसिमको हुन्छ । यिनीहरु आफ्नै संसारमा रहन रुचाउँछन् । यही कारणले कतिपयले यिनीहरुलाई स्वार्थीसमेत मान्छन् । मीन राशि हुनेहरुका साथीभाइको संख्या पनि कमै हुन्छ । यिनीहरु पनि आफूलाई अरुको तुलनामा निकै राम्रो मान्छन् ।
प्रतिक्रिया