एसईईमा पाल्पाका १२७ परीक्षार्थी अनुपस्थित

काठमाडौं । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२ जना, ग्रेडवृद्धितर्फ छात्रा १२ जना र छात्र १३ जना गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिएका छन् ।
परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ, भने २६ केन्द्रमध्ये ३२जना सहायक केन्द्राअध्यक्ष, २४२ जना निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी र ३९० जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
विद्यार्थीको संख्या चार हजार ८४१ जना भए पनि पहिलो दिन १२७ जना विद्यार्थी अनुस्थित रहेको कार्यालयले जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।
जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भएको छ। विगत दुई वर्ष कोभिड–१९ को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ। शुक्रबार हिजाे पहिलो दिन अनिवार्य अंग्रे्रेजी विषयको परीक्षा भएको छ । परीक्षा वैशाख २० गतेसम्मसञ्चालन हुने छ।
प्रतिक्रिया