बुधबार, जेठ १, २०८२

आईपीएल : चेन्नाइकाे छैटाैं हार

नेपालखोज २०७९ वैशाख १३ गते ७:३७

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाइ सुपर किग्स पराजित भएकाे छ । गयराति भएकाे खेलमा चेन्नाइ पञ्जाव किंग्ससँग ११ रनले पराजित भएकाे हाे ।

चेन्नाइकाे जारी सिजनमा याे छैटाैं हार हाे । पञ्जावले दिएकाे १८८ रनकाे लक्ष्य पछ्याएकाे चेन्नाइले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्याे ।  

प्रतियोगितामा पञ्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ । जारी प्रतियाेगितामा मुम्बइले सबै खेल गुमाएकाे छ ।

प्रतिक्रिया