बिहीबार, जेठ २, २०८२

आईपीएल : बैंग्लोर राजस्थान रोयल्ससँग २९ रनले पराजित

नेपालखोज २०७९ वैशाख १४ गते ६:५०

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर राजस्थान रोयल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा बैंग्लोर राजस्थान रोयल्ससँग २९ रनले पराजित भएको हो ।

जारी आईपीएलमा छैटौं जित दर्ता गरेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको १२ अंक भएको छ भने समान १२ अंक रहेको गुजरात टाइटेन्स नेट रनरेटका आधारमा दोस्रो स्थानमा पुगेको छ । पराजित भएको बैंग्लोर भने पाँचौं स्थानमा झरेको छ ।

राजस्थानले दिएको १४५ रनको लक्ष्य पुरा गर्न बैंग्लोरको टिम असफल रह्यो । बैंग्लोरले निर्धारित ओभरको ३ बल बाँकी हुँदा ११५ रनमा समेटिन पुग्यो ।

प्रतिक्रिया