बिहीबार, जेठ २, २०८२

नेपाली क्रिकेट टिमलाई क्यानडामा बोलाउन आतुर छौं : किरोज श्रेष्ठ

नेपालखोज २०७९ वैशाख १४ गते १९:०३

काठमाडौं । नेपाली टिमलाई क्यानडामा प्रशिक्षण र मैत्रीपुर्ण खेलका लागि ब्यवस्थापन गर्ने जिम्मा लिएको नेप्लिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले टेक्निकल कारणले केहि अन्योल भएको तर सबै कुरा मिल्नेमा विश्वस्त रहेको बताए । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न जानु अगाडी क्यानडामा अभ्यास तथा मैत्रीपुर्ण खेलका लागि जाने कुरा केहि समय अगाडी चर्चाको बिषय बनेको थियो ।

१० दिनका लागि नेपाली टिमले क्यानडामा क्याम्प राख्ने बिषयमा नेपाल क्रिकेट संघ क्यान, क्रिकेट क्यानडा र क्यानडामा रहेको नेप्लिज क्यानेडियन क्रिकेट क्लब सकारात्मक रहेपनि अमेरिका उड्नु अगाडी त्यहाँ क्याम्प होला या नहोला दोधारको अवस्था बनेको छ । जिम्बावे ए सँगको सिरिजपछि नेपाली टिम केहि दिन प्रशिक्षण गरेर क्यानडा जाने योजना भएपनि अहिले आएर प्राविधिक कारणले अन्योल बनेको छ ।

नेपाली टिमलाई क्यानडामा प्रशिक्षण र मैत्रीपुर्ण खेलका लागि ब्यवस्थापन गर्ने जिम्मा लिएको नेप्लिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले टेक्निकल कारणले केहि अन्योल भएको तर सबै कुरा मिल्नेमा विश्वस्त रहेको बताए । यदि अमेरिका जान अगाडी क्यानडामा क्याम्प नभएको खण्डमा सो सिरिजपछि स्कटल्याण्ड जान अगाडीको समयमा क्याम्प राख्ने सकिने बिकल्पपनि बनाइएको छ । श्रेष्ठका अनुसार नेपाली टिमलाई पाँचवटा अभ्यास खेल र प्रशिक्षणका लागि क्यानडा बोलाउने तयारी भइरहेको बताए ।

पछिल्लो पटक नेपालमा नै रहेका श्रेष्ठले नेपाली टिमलाई पुर्ण सम्मानका साथ क्यानडा बोलाउने तयारी भएको तर त्यसका लागि मुख्य कुरा भिषा रहेको बताए । साथै उनले अहिले सुरुवातमा यो योजना नभएको खण्डमा अमेरिका सिरिज सकिएपछि क्यानडामा प्रशिक्षण गराउने संभावना रहेको पनि बिकल्प बताए ।

प्रतिक्रिया