नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित
नेपालखोज
२०७९ वैशाख १७ गते ११:०४

काठमाडौ । कीर्तिपुर मैदानमा हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित भएको छ । आज हुने भनिएको पहिलो एक दिवसीय खेल बिहान साढे ९ बजे खेल सुरु हुने तालिका थियो ।
विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।
उक्त खेलका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिएको छ । खेलका प्रशिक्षक पुबुदु दासानायके छन् ।
सम्बन्धित
प्रतिक्रिया