सोमबार, वैशाख १५, २०८२

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला ग्राहकलाई विशेष योजना

नेपालखोज २०७६ फागुन २५ गते ७:२९

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहक महानुभावहरूलाई विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्नुहुने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १०,०००/ सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

एन आई सी एशिया बैंकका महिला ग्राहक महानुभावहरूले Mo-Bank एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, QR Payment लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।

तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको वैकले जनाएको छ । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया