नेपाली क्यानेडियन क्रिकेट क्लबको २०२२ का लागि जर्सी सार्वजनिक

काठमाडौं । क्यानाडामा रहेको नेपाली क्यानेडियन क्रिकेट क्लबले २०२२ का लागि जर्सी सार्वजनिक गरेको छ । नेपालिज क्यानडियन क्रिकेट क्लबले २०२२ मा एनसीसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको समेत जनाइएको छ ।
एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरिएको हो । प्रतियोगितामा टोलीका लागि दुई फरक जर्सी सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष दिपक गौतम, एनसीएनसी अध्यक्ष नरबहादुर क्षेत्री, एनसीसी कर्णालीका प्रायोजक इर्दब भट्टराई, अतुल सुवेदी, भास्कर झाले संयुक्त रुपमा कर्णाली जर्सी सार्वजनिक गरेका थिए ।
त्यसैगरी एनसीसीएसीसीका अध्यक्ष गोपी काफ्ले, एनआरएनए- आईसीसी सदस्य गिरी बुढाथोकी, सीएससी निर्देशक धुन्डी पाण्डे र एनसीसीसी कोशी प्रायोजक आशिर्वाद सुवेदी, भूमि घिमिरे र अमरस्क विकले संयुक्त रूपमा खुलासा गरेका थिए ।
एनसीसी कोशी जर्सी कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अगुवाहरू र एनसीसी प्रायोजकहरूले एनसीसीको कामको प्रशंसा गर्दै भविष्यमा निरन्तर सहयोग गर्ने आश्वासन दिए ।
प्रतिक्रिया