आईपीएल : मुम्बईलाई ५२ रनले पराजित गर्दै कोलकताको पाँचौं जित
नेपालखोज
२०७९ वैशाख २७ गते ७:२३

काठमाडाैं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ । काेलकताले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेकाे हाे ।
सोमबार राति भएकाे खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११३ रन मा समेटिन पुग्याे ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे ।
जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ ।
सम्बन्धित
प्रतिक्रिया