आइतबार, वैशाख २८, २०८२

१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन, खोजीमा हेलिकोप्टर परिचालन

नेपालखोज २०७९ जेठ १५ गते ११:२४

काठमाडौं । तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि अ‍‍ाइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ । १९ यात्रु रहेको विमानमा पाइलट प्रभाकर घिमिरे सहित चालक दलका तीन सदस्य छन् ।

विमान सम्पर्कविहीन भएको अवस्था सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले सञ्चारकर्मीलाई जानकारी द्एिको छ । उडेको केही समेयपछि नै विमान राडारको सञ्चार सम्पर्कबाट विच्छेद भएको जनाइएको छ ।

सम्पर्क विच्छेद भएको विमान अवतरण गर्ने समय निकै वितीसके पनि सम्पर्कविहीन छ । विमानको खोजी सुरु भएको छ । विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया