पर्वतारोही एड्रियानाले विद्यार्थीमाझ बाँडिन् आरोहणको अनुभव

काठमाडौं । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम गरिएको छ । उनले विद्यार्थीसँग आफ्नो अनुभवबारे चर्चा गरिन् । कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको
उपस्थिति थियो ।
डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए । ब्राउनली केबल २१ वर्षको उमेरमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा छिन् ।
विद्यार्थीसँग अन्तर्क्रिया गर्दै उनले भनिन्, ‘म आठ वर्षको हुँदा पहिलोपटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नुभएको थियो । सोही प्रेरणाका कारण दश वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भएँ ।’ अन्य पर्वतारोहीको मिसनजस्तै एभरेष्ट उनको सूचीमा थियो । हालै मात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन् । हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफिल्क्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।
‘निम्सले नै मलाई ८००० को सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप आज म यो मिसनको मध्यतिर छु ।’ उनले अगाडि भनिन्, ‘मैले हालसम्म सातवटा मिसन पूरा गरिसकेकी छु । १२ जुनमा म मेरो दोस्रो चरणको मिसनका लागि पाकिस्तान पुग्दै छु जहाँ मैले नाङ्गा पर्वत, केटु र ब्रोड पिकको आरोहण गर्ने मिसन छ । अर्को समरसम्म मैले यी चार हिमाल चढ्ने मिसन रहेको छ ।’
उनले बीएमसीमा आफ्नो अनुभव सेयर गर्दै भनिन्, ‘विश्वभरि आरोहणबाहेक, मेरो कथाबाट प्रेरित हुन सक्ने मानिसलाई भेट्न र उनीहरू माझ आफूलाई उभ्याउन मलाई मनपर्छ ।’ उनले आफु जब ए लेभलमा हुँदाको दिनलाई सम्झिँदै भनिन्, ‘आज ब्रिटिस मोडल कलेजमा हुँदा म निकै खुसी महसुस गरेकी छु । ए लेभलमा हुँदाका दिनहरू मैले सम्झिएकी छु । भविष्यका लागि मैले महसुस गरेको उत्साहमा मैले महसुस गरिरहेकी छु । सो समयमा म मेरो पर्वतारोहण परियोजना सुरु गर्ने क्रममा थिएँ । मलाई आशा छ कि आज सबै विद्यार्थीले आफ्नो भविष्यबारे एक प्रतिशत पनि उत्साह प्राप्त गरेँ ।’ उनले आफ्नो १४ पिक्स जर्नीको भाग बन्न सक्ने भन्दै विद्यार्थीहरूलाई धन्यवाद दिएकी छन् । उनको अनुभवबाट विद्यार्थीले आफ्नो भविष्यबारे प्रेरणा पाएको कलेजले जनाएको छ ।
प्रतिक्रिया