शनिबार, जेठ ४, २०८२

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुल्यो

नेपालखोज २०७९ जेठ २७ गते १२:२५

काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लामो समयदेखि गरेको तालाबन्दी खुलाएको छ । पन्ध्र दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्नेलगायतका विषयमा सहमति भएपछि नेविसंघले तत्कालका लागि आन्दोलन कार्यकम स्थगित गरेको जनाएको छ ।

नेविसंघले लामो समयदेखि त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृंलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानविन समितिको माग गर्दै आन्दोलन गर्दै आएको थियो ।

नेविसंघले जारी विज्ञप्तिमा विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनु पर्ने बेला आएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया