शनिबार, वैशाख २७, २०८२

जीवित कछुवाको बच्चासहित दुईजना पक्राउ

नेपालखोज २०७९ जेठ ३० गते १३:३२

काठमाडौं । काठमाडौं ३२, कोटेश्वारबाट १० वटा जीवित कछुवाको बच्चासहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ का २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरूसहित पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको बा.९९प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया