आइतबार, वैशाख २८, २०८२

ठगी, अपराधिक मुद्दाका फरार प्रतिवादी अनुराधा साह पक्राउ

नेपालखोज २०७९ जेठ ३० गते १५:३२

काठमाडौं । ठगी, अपराधिक बिश्वासघात कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालय मिनभवनका अनुसार धनुषाको रावेला घर भएकी ४५ वर्षीय अनुराधाकुमारी साहलाई ठगी कसुरमा पक्राउ गरिएको हो ।

कार्यालका अनुसार तैयव अली समेतको जाहेरीको आधारमा नेपाल सरकार रामदेव साह तेलीसमेतको भएका ठगी, आपराधिक लाभा र बिश्वासपक्ष कसुर मुद्धामा यही जेठ २८ गते काठमाडौंको बुद्धनगरबाट साहलाई पक्राउ गरिएको हो । पक्राउ परेकी साहलाई थप अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया