बैंकिङ कसुर मुद्दाका फरार डल्ले कामी पक्राउ
नेपालखोज
२०७९ जेठ ३० गते १५:४५

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काभ्रेको पनौंती नगरपालिका घर भएकाे ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको हो ।
लक्ष्मी माया रानामगरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कामी भएको बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट बिसं ०७७ साल मंसिर २३ गतेको फैसलाबाट कामीलाई १० लाख ५० हजार रुपैंयाँ जरिवाना, चार दिन कैद र बिगो रकम १० लाख ५० हजार रुपैयाँ तोकिएको कार्यालयले जानकारी दिएको छ ।
अदालतको उक्त फैसला पश्चात फरार रहेका कामीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले यही जेठ २७ गते काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरेको छ । पक्राउ परेका कामीलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया