लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री वली पक्राउ !
नेपालखोज
२०७९ जेठ ३१ गते १२:४३

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छन् । महिलामाथि हातपात गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । स्थानीय एकराज बस्नेतको घरभित्र पसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको राज्यमन्त्री वलीलाई आरोप लगाइएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले आज (मंगलबार)बिहान मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीलाई कुटपिट गरेकी थिइन् ।
कुटपिट गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ । उपनिर्वाचनमा एमालेबाट निर्वाचित वली अहिले नेकपा माओवादी केन्द्रमा छिन् ।
सम्बन्धित
प्रतिक्रिया