नेपाली फुटबल टोली स्वदेश फर्कियो
नेपालखोज
२०७९ असार २ गते १३:३६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटमा सहभागी भएर टोली आज (बिहीबार) स्वदेश फर्किएको हो ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग शून्यका विरुद्ध २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोल अन्तरको पराजय भोग्नु पर्यो ।
मंगलबार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग शून्यका विरुद्ध ७ गोल अन्तरले पराजित भयो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया