सोमबार, वैशाख २९, २०८२

सन्दीप लामिछानेले भने- अनुभवी खेलाडी नहुँदा आईसीसी विश्व कप लिग २ हारियो

नेपालखोज २०७९ असार २ गते १४:१९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग–२ खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको दाबी गरेका छन् । आफू कप्तानमा नयाँ र सबै खेलाडी अनुभवहीन भएकाले खेल हारिएको उनको अनुभव छ ।

अमेरिकासँगको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँग लामिछानेले ब्याटिङमा साना गल्तीहरू भइरहेको जनाए । उनले ब्याटिङ पक्षलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोठ दिएका छन् । आफूलाई साथ दिन अन्य स्पिनर बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको उनले जनाएका छन् ।

लामिछानेले जित्नु पर्ने खेल जितको एकदम नजिक पुगेर हारिरहेको उनले जनाएका छन् । खेलाडीले अन्तिममा गएर नियन्त्रण गुमाइरहेका र आफूले पनि सोचेजस्तो राम्रो गर्न सकेको उनले स्वीकारेका छन् । आगामी खेल चुनौतीपूर्ण रहेको बताउँदै उनले आफ्नो तर्फबाट जतिसक्दो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

आईसीसी विश्व कप लिग–२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् । सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताएका हुन् ।

आईसीसी विश्व कप लिग–२ त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । सात देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।

प्रतिक्रिया