आइतबार, वैशाख २८, २०८२

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखोज २०७९ असार ३ गते ११:२५

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।-रासस

प्रतिक्रिया