आइतबार, जेठ ५, २०८२

एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने

नेपालखोज २०७९ असोज २७ गते १३:२२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको हो।

राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो ।

कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।

प्रतिक्रिया