सोमबार, वैशाख २९, २०८२

पेस्तोलसहित डाँका गर्ने अम्बर बहादुर मगर र रवीन किशोर राई पक्राउ

नेपालखोज २०७९ असोज ३१ गते १८:०८

काठमाडौं । प्रहरीले पेस्तोलसहित डाँका गर्ने दुईजनालई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर स्थित एउटा घरमा अपरिचित व्यक्तिहरुले फलामको रडले ढोकाको ताला फुटाई खुकुरी बोकेको अवस्थामा आफूहरु प्रहरी हौ भन्दै डाँका गर्ने शैलीमा पेस्तोल ताकी डरधम्की देखाई घरभित्र प्रवेश गरी डाँका गर्न लागेको अवस्थामा उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भएको ४१ वर्षीय अम्बर बहादुर मगर र संखुवासभाको पाँचखपन नगरपालिका ८ घर भएका ३२ वर्षीय रवीन किशोर राई(सुवास) रहेका छन् । प्रहरीले उनीहरुको साथबाट उपत्यकाका विभिन्न स्थानमा भएका घटनामा प्रयोग भएको स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल, म्यागजिन,गोली राउण्ड, खुकुरी, फलामको रड, स्क्रुडाइभर, लगायतका सामानसहित आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुर र हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परीसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया