आइतबार, वैशाख २१, २०८२

सीता महलको कथा

सुनिल उलक २०७९ मंसिर ३ गते ११:५३

पाँच वर्ष अघि काठमाडौ नक्साल स्थित सीता महल पुगेको थिए । सीता महल राणा प्रधानमन्त्री भीमशमशेरले आफ्ना कान्छी तथा सबैभन्दा प्रिय रानी सीता तामाङको लागी बनाइदिएका थिए । सीता तामाङ भीमशमशेरको टंगाल दरवारमा चेलीको रूपमा काम गर्न पसेका थिए । तर भीमशमशेरका यति प्रिय भए कि उनको लागी छुट्टै दरवार नै बनाइदिए । तर सीता महलमा सर्नु अघिल्लो दिन भीमशमशेरको मृत्यु भयो ।

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफू भन्दा मात्र दुइ वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भए पछि ६५ वर्षको बुढो उमेरमा बि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरुमा सम्भवत सबैभन्दा बढि उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङ्गबहादुर राणा नै थिए ।

मुश्किलले ३ वर्ष पनि श्री ३ बन्न नपाएका भीमशम्शेरको कालगतीले नै १९८९ भदौ १७ मा देहान्त भएको थियो । राणा शासकहरुमा सोझो र बुढो प्रधानमन्त्री भीमशम्शेरको ब्याइते रानी कान्छा बडामहारानी थिइन भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन । सीता महारानीको कथा निकै रोचक छ ।

जेठी बडामहारानी विमार हुँदा हेरविचार गर्न ल्याइएकी तामाङ केटी थिइन डीला । भोजपुर सिमपानीकी ब्लोन तामाङ थरकी सीता भने त्यसबेलाको मुर्मी परिवारबाट पनि भाग्यमानीमा परेकी थिइन् । बुढो उमेरमा २४ वर्षकी डीला तामाङसंग विवाह गर्दा भीमशम्शेरले बडामहारानी बनाउने बचन दिएकी थिइन । खासमा ल्याइतेलाई बडामहारानी बनाउन असम्भव थियो । तर आफै श्री ३ भए पछि कसको के लाग्थ्यो । जेठी रानीको देहान्त हुनासाथ बडामहारानी बनाइदिए ।

साथै मुर्मि भोट्या भनिदै आएकाहरुलाई सम्मान साथ तामाङ लेख्न पाउने बनाइदिए । सीता महारानीका नाममा यो दरवार बनाइदिएका थिए । जसलाई सीता दरवार भनिन्छ । जहाँ बालमन्दिर रहेको छ । २०७२ को भूकम्पले जर्जर बनेको दरवार पूननिर्माणको प्रतिक्षामा छ ।

साथै विवाह अगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसंग विवाह गराइ भविष्यको रानी बनाउने समेत बचन दिएका थिए । राजा त्रिभुवन तैयार पनि भइसकेका थिए तर अचानक बि.सं. १९८९ भदौ १७ गते भीमशम्शेरको नै देहान्त भयो । जुद्ध शम्शेर श्री ३ बने । जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसंग गराइदिए । यसरी बनाएको भब्य महल भुकम्पले भन्दा सरकारी उपेक्षाले अझ जर्जर भएको देखिएको थियो ।

प्रतिक्रिया