फीफा वल्डकप फुटबल-२०२२ : कतार कसरी बन्यो सबैभन्दा धनी देश

काठमाडौं । कतारको राजधानी दोहाले सन् २०२२ मा हुने फुटबल विश्वकप आयोजना गर्ने कुरा केही वर्षअघिसम्म कसैले पत्याएका थिएनन । एक शताब्दीअघि सन् १९२२ मा १२ हजार वर्ग किलोमिटरमा फैलिएको यो खाडी मुलुक व्यवहारिक रुपमा मानिस बस्न नसक्ने ठाउँ मानिन्थ्यो । यहाँ बसोबास गर्नेहरु मध्ये धेरैजसो माछा मार्ने तथा मोती टिप्नेहरू थिए र ती मानिसहरू घुमन्तेहरू थिए जो अरब प्रायद्वीपको वरिपरि घुमिरहन्थे
नब्बेको दशकका मानिसहरू सन् १९३०-४० को भयावह आर्थिक संकटलाई अझै सम्झन्छन् । यो त्यो समय थियो जब जापानीहरूले मोती खेती र यसको ठूलो उत्पादन सुरु गरेका थिए जसका कारण कतारको अर्थतन्त्र ध्वस्त भएको थियो । त्यही दशकमा कतारको ३० प्रतिशत जनसंख्या राम्रो अवसरको खोजीमा विदेश पलायन भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार त्यतिबेला कतारको जनसंख्या २४ हजारमा झरेको थियो ।
तर त्यसपछि कतारको अर्थतन्त्रमा यू(टर्न आयो र जादू जस्तै कतार विश्वको सबैभन्दा ठूलो तेल भण्डारका रूपमा खडा भयो । २० औं शताब्दीको मध्यमा कतारको खजाना द्रुत रूपमा बढ्न थाल्यो र यो संसारको सबैभन्दा समृद्ध देशहरू मध्ये एक बन्यो। आज कतार अनगिन्ती गगनचुम्बी भवन , दर्शनीय कृत्रिम टापु तथा अत्याधुनिक स्टेडियमहरूको घर हो ।
सन् १९३९ मा तेलको खोजी स् कतारमा ‘ब्ल्याक गोल्ड’ पत्ता लाग्दा कतार स्वतन्त्र राष्ट्र थिएन र सन् १९१६ देखि बेलायती शासनमा थियो । जब कतारले आफ्नो कालो सुन (तेलको कुवा) पत्ता लगायो त्यतिबेला उ राष्ट्रका रुपमा अस्तित्वमा थिएन र १९१६ मा यो क्षेत्र बेलायतीहरूको हातमा थियो । धेरै वर्षको अन्वेषण पछिफ१९३९ मा देशको पश्चिमी तटमा, दोहाबाट ८० किलोमिटरको दुरिमा तेल फेला परेको थियो तर, कतारले उक्त तेललाइ पुँजी बनाउन धेरै वर्ष लाग्यो ।
अमेरिकाको बेकर इन्स्टिच्युसनका कतार मामिला विशेषज्ञ क्रिस्चियन कोट्स भन्छन्, यो खोज दोस्रो विश्वयुद्धको सुरुमा भएको थियो, जसले गर्दा सन् १९४९ सम्म तेलको निर्यात रोकिएको थियो र त्यसैले कतारले त्यसबाट आम्दानी लिन सकेको थिएन । तेलको निर्यातले कतारमा अवसरहरू खोल्यो र यहाँ द्रुत परिवर्तन अनि आधुनिकीकरण भयो ।
बढ्दो तेल उद्योगबाट आकर्षित हुँदै, प्रवासी एवं लगानीकर्ताहरू कतार पुग्न थाले र यसको जनसंख्या बढ्दै गयो । कतारको जनसंख्या १९५० मा २५,००० भन्दा कम थियो भने १९७० सम्म बढेर एक लाख पुग्यो । कुनै समय माछा मार्ने र मोती टिप्नेहरूको देश का रुपमा चिनिने कतारको जिडिपी १९७० को दशकमा ३०० युएस डलर थियो। त्यसको एक वर्ष पछि, ब्रिटिश शासन समाप्त भयो र कतारले स्वतन्त्रता पायो । यससँगै त्यहाँ नयाँ युगको सुरुवात भयो जसले कतारलाई अझ धनी देश बनायो ।
प्राकृतिक ग्यासको खोजी : जब १०७१ मा इन्जिनियरहरूले कतारको उत्तरपूर्वी तटमा अवस्थित उत्तरी क्षेत्रमा विशाल प्राकृतिक ग्यास भण्डार पत्ता लगाए त्यति बेला धेरै थोरैले मात्र यसको महत्त्व बुझेका थिए । नर्थ फिल्ड पृथ्वीको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो, जसमा विश्वको ज्ञात भण्डारको लगभग १० प्रतिशत प्राकृतिक ग्यास छ भन्ने कुरा बुझ्न १४ वर्ष र दर्जनौं अभ्यास लाग्यो ।
यसै क्रममा थाहा भयो कि इरान र रुसपछि कतार प्राकृतिक ग्यासको भण्डारमा तेस्रो ठूलो देश हो । उत्तरी क्षेत्रको क्षेत्रफल करिब ६,००० वर्ग किलोमिटर छ, जुन सम्पूर्ण कतारको आधा बराबर छ। कतार विश्वमा तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक हो । ग्यास उद्योगले कतारको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यद्यपि कतारलाइ तेलजस्तै ग्यासबाट पनि कमाउन समय लाग्यो । कोट्सका अनुसार, लामो समयसम्म, माग त्यति ठूलो थिएन र यसलाई विकासमा धेरैको चासो थिएन । ८० को दशकमा स्थितिमा परिवर्तन हुन थाल्यो, जब पूर्वाधार निर्माण हुन थाल्यो ।
सन् १९९५ को कु : २१ औं शताब्दीको आगमनसँगै कतारको आर्थिक बृद्धि दरले ठूलो उछाल लियो। सन् २००३ देखि २००४ सम्ममा कतारको जीडीपी दर ३ दशमलव ७ प्रतिशतबाट १९ दशमलव २ प्रतिशत पुगेको थियो। दुई वर्षपछि सन् २००६ मा त्यो बढेर २६ दशमलव २ प्रतिशत पुग्यो । यो बढ्दो जीडीपी दर धेरै वर्षदेखि कतारको शक्तिको विशेषता हो र यो वृद्धि ग्यासको मूल्यमा मात्र सीमित हुन सक्दैन ।
मोहम्मद सैदी कतार विश्वविद्यालयका प्राध्यापक एवम् दिगो अर्थशास्त्रका विशेषज्ञ हुन् । सैदी भन्छन्- ‘देशमा राजनीतिक परिवर्तन भइरहेका बेला यी आर्थिक परिवर्तनहरू भएका हुन् । सन् १९९५ मा वर्तमान अमिर तमिम बिन हमाद अल्थानीले पिता हमाद बिन खलिफा अल्थानीको सत्ता ग्रहण गरे । कतिपयका लागि यो विवादास्पद घटना थियो । हमाद बिन खलिफा अल्थानी स्विट्जरल्याण्डको भ्रमणमा हुँदा उनि आफ्ना बुबाको उत्तराधिकारी बनेका थिए ।
अल्तानी परिवारले कतारमा १५० वर्षदेखि शासन गर्दै आएको छ र यो परिवारले यसरी सत्ता कब्जा गरेको यो पहिलो घटना होइन । दरबारको षड्यन्त्र बाहेक यो सत्ता परिवर्तनले कतारको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्यायो । ग्यास र तेल निकासी तथा पूर्वाधारमा गरिएको लगानीले देशलाई विदेशसँग जोड्ने काम गर्यो ।
१९९६ मा तरल प्राकृतिक ग्यासले भरिएको जहाज जापानका लागि प्रस्थान गर्यो। यो कतारको ग्यासको पहिलो प्रमुख निर्यात र बहु-अरब डलरको उद्योगको सुरुवात थियो जसले कतारलाई विश्वव्यापी सम्पत्तिको शिखरमा पुर्यायो । सन् २०२१ मा कतारमा प्रतिव्यक्ति जीडीपी ६१,२७६ अमेरिकी डलर थियो। क्रयशक्ति समानताको मापनलाई हेर्दा विश्व बैंकका अनुसार यो संख्या ९३ हजार ५२१ डलर पुग्छ जुन विश्वकै उच्च हो । यद्यपि कतारको सानो जनसंख्या पनि यसको ठूलो कारण हो। कतारको जनसंख्या ३०(३५ लाख मात्र छ, जसमध्ये अधिकांश प्रवासी छन्। कतार सरकारले आफ्ना जनतालाई उच्च पारिश्रमिकका साथै उत्कृष्ट शिक्षा र स्वास्थ्य प्रणाली प्रदान गर्छ ।
कितारी अर्थतन्त्रका चुनौतिहरू : हालैका वर्षहरूमा कतारको अर्थतन्त्रले पीडा भोगेको छ र केही सुस्ताएको छ । यसले भविष्यमा चुनौतीहरूको सामना गर्नुपर्नेछ । जीवाश्म ईन्धनमा यसको निर्भरता र यसको जलवायु प्रभावमा गम्भीर छानबिन भैरहेको छ। २०१३ -१४ मा तेलको मूल्य घट्यो र आम्दानीको स्रोत परिवर्तनको आवश्यकता कतारमा छलफलको मुख्य विषय बन्यो, सैदी भन्छन्।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक विवादपछि २०१७ /२०२१ बीच नाकाबन्दी लगाएका थिए, जसले कतारको अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको थियो। कोट्सका अनुसार कतारले ग्यास र तेल बाहेक आर्थिक आम्दानीको कुनै स्रोत खोजेको छैन । त्यसैले अब निजी क्षेत्रलाई विस्तार गर्न चाहन्छ। कतारले अहिले हाइड्रोकार्बनमाथिको आफ्नो निर्भरता कम गर्न लगानी गरिरहेको छ ।
यो प्रयास अन्तरगत कतार लगानी प्राधिकरण र कतारी कोषहरू लन्डन र न्यूयोर्क जस्ता शहरहरूमा खुलेका छन् । कोट्स विश्वास गर्छन् कि कतारले अब दोहालाई कार्यक्रम, सम्मेलन, बैठक र विशेष गरी खेलकुदको हब बनाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ ।
कतारले फुटबल विश्वकप आयोजना गर्न २००,००० अमेरिकी डलर भन्दा बढी खर्च गरेको छ, जुन इतिहासकै सबैभन्दा महँगो फिफा विश्वकप हो। यसमा आठ रङ्गशाला, नयाँ विमानस्थल र नयाँ मेट्रो लाइन जस्ता पूर्वाधार निर्माण भएका छन् । -बिबिसि
प्रतिक्रिया