एसईई परीक्षाको आवेदन खुल्यो, मंसिर ८ गतेदेखि पुस १० गतेसम्म भर्न पाइने
नेपालखोज
२०७९ मंसिर ८ गते १४:१०

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक तह कक्षा १० परीक्षा (एसईई) को आवेदन खुलाएको छ । कार्यालयले आज (बिहीबार) देखि सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।
मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया