आइतबार, जेठ ५, २०८२

सिमुलेसन विज्ञान प्रदर्शनी २०२२ सुरु

नेपालखोज २०७९ पुष ३ गते १८:४४

काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ । होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए । होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए ।

साथै अन्तर क्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ। प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरूलाई विषय बुझ्नका लागि थप सहयोग हुने अपेक्षा गरिएको छ ।

त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा थापाले जानकारी दिइन् । यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरूले फाइदा लिन सक्ने थापाले बताइन् ।

उक्त मेलामा विद्यार्थीका अभिभावकले पनि उक्त विषयमा जानकारी लिन पाइने, सिकेका कुराहरू अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको थापाले बताइन् ।

प्रतिक्रिया