शुक्रबार, जेठ ३, २०८२

विहारमा इँटाभट्टा विष्फोट हुँदा नौजनाकाे मृत्यु

नेपालखोज २०७९ पुष ९ गते १७:१२

नयाँदिल्ली । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।

घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ । विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।

विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान थालेको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्

प्रतिक्रिया