चार बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राई पक्राउ
नेपालखोज
२०७९ माघ ४ गते ११:५८

काठमाडाैं । चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका–३ सिद्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई पक्राउ गरेको छ ।
राईलाई १३ वर्षकी २ जना र १५ वर्षकी २ बालिकालाई विभिन्न समयमा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।
पीडित बालिकाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया