बुधबार, जेठ १, २०८२

मकवानपुरमा एकैदिन भेटियाे दुईजना पुरुषको शव

नेपालखोज २०७९ माघ १० गते १९:५९

काठमाडाैं । एकै दिन मकवान पुरमा दुईजना पुरुषको शव फेला परेको छ । मंगलबा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ६ पकने मराङसिङमा धादिङ गजुरी गाउँपालिका–४ भुमिढुङ्गाका २२ वर्षीय शंकर तामाङ को शव फेला परेको प्रहरीको भनाई छ ।

प्रहरीले आजै हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ गुम्बाडाँडामा चितवनको राप्ती नगरपालिका वडा नं. २ बस्ने ५५ वर्षका गोपालप्रसाद खतिवडाको शव फेला पारेको हो ।

प्रतिक्रिया