सुनचाँदीको मूल्य बढ्यो
नेपालखोज
२०७९ माघ १२ गते ११:३४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया