सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय
नेपालखोज
२०७९ माघ १७ गते २२:३२

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ ।
मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले बलात्कारको अभियोग खेपिरहेका लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।
२० असोजमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया