शुक्रबार, वैशाख १२, २०८२

आइसोलेशन बेडका लागि सहयोग

नेपालखोज २०७७ वैशाख २७ गते १६:२४

प्युठान । प्युठान अस्पतालमा आइसोलेशन बेड निर्माणका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा आइसोलेशन बेड थप्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेसँगै स्थानीय तहले सहयोग गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई छुट्टै शय्यामा राखेर उपचार गर्न लागिएको हो ।

शुरुआतमा अस्पतालमा चार शय्या निर्माण गरिए पनि अहिले पालिकाले सहयोग गर्न थालेपछि तीन थप गरिएको अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा अमृत पन्थीले बताए। आइसोलेशन बेड निर्माणका लागि जिल्ला समन्वय समितिले रु पाँच लाख तथा मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाले रु अढाइअढाइ लाख सहयोग गरेको डा।पन्थीले जानकारी दिए ।

प्रतिक्रिया