शुक्रबार, वैशाख १२, २०८२

पिसिआर परीक्षण जारी

नेपालखोज २०७७ वैशाख २७ गते १६:२६

कास्की । कास्की जिल्लामा हालसम्म पिसिआर विधिबाट २२४ जनाको कोरोना जाँच गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । वैशाख २६ गतेसम्म सङ्कलन गरिएको नमूनाको नतिजा आइसकेको हो ।

महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा गत चैत २८ गतेबाट ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षण शुरु गरिएकामा हालसम्म एक हजार ७४ जनाको जाँच गरिएको छ ।

पोखरामा ७२३, माछापुच्छ«ेमा १०, रुपामा ५८, अन्नपूर्णमा दुई र मादीमा १७ जनाको आरडिटी जाँच गरिएको हो । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २६४ जनाको जाँच गरिएको थियो ।

नेपाल बाहिरबाट आई जिल्लाका स्थानीय तहमा बसोबास गर्दै आएका ९१४ देखि २१ दिनभित्र बसाइँ अवस्था रहेका० को आरडिटी जाँच गरिएको हो ।

प्रतिक्रिया