शव घट्यो
नेपालखोज
२०७७ वैशाख २७ गते १६:३१
चितवन । लकडाउनसँगै देवघाटमा दाहसंस्कारका लागि आउने शव आधाभन्दा कम भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी शव दाहसंस्कारका लागि ल्याउने गरेको भए पनि अहिले यो सङ्ख्या सातको हाराहारीमा झरेको छ ।
देवघाटमा मुख्यरुपमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । समितिले दाहसंस्कारका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ । यद्यपि अटेर गर्ने गरिएको पौडेलले बताउनुभयो । उहाँले अहिलेको विसम परिस्थितिमा थोरै सङ्ख्यामा आएर अन्त्येष्टि गर्न सबैसँग आह्वान गरिएको पनि जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया