भलिबल टिमकी साउद झुण्डिएको अवस्थामा मृत फेला
नेपालखोज
२०७९ माघ २५ गते १९:००

कञ्चनपुर । आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
मेलगाझा घर नजिकैको जंगलमा साउद रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
पोष्टमार्टमका शवलाइ जोगबुढा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
साउद जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत समेत थिइन् । साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता स्थगित गरिएको छ ।
मृतक साउद ७ नम्बर वडाको महिला टिमकी सदस्य थिइन् । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया