प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
नेपालखोज
२०७९ माघ २६ गते १५:०८

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी कृष्णदेव भट्टलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिहिबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नती भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका हुन् ।
सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नती भएका चार जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया