सोमबार, असार २३, २०८२

सन्दीपसहित क्यानले छान्यो १६ जनाको अन्तिम स्क्वाड

नेपालखोज २०७९ माघ २६ गते १६:०९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आउने महिनामा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि अन्तिम स्क्वाडको छनोट गरेको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची पठाइएको क्यान स्रोतले जनाएकाे छ ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्सअन्तर्गत नेपालले आउँदो २ फागुनदेखि स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।

उक्त सिरिजका लागि हाल २० जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी रहेका छन् । २० जना मध्ये १६ खेलाडीलाई अन्तिम स्क्वाडमा समावेश गरिएको हो । क्यानले अन्तिम स्क्वाडको नाम दर्ताका लागि आईसीसीमा पठाएको हो ।

प्रतिक्रिया