बिहीबार, जेठ २, २०८२

गुगललाई १ खर्ब डलरको नोक्सानी

नेपालखोज २०७९ माघ २६ गते १६:१८

काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मूल्यमा ठूलो क्षति पुगेको छ । गुगलको माउ कम्पनी अल्फाबेटको शेयर मुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ ।
बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।

म्स वेब टेलिस्कोपबाट सोधिएको घुमाउरो प्रश्नको बार्डले गलत जवाफ दिएको थियो । फ्रान्सको पेरिस युट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार रोयटर्सले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।

बार्डले जेम्स वेब टेलिस्कोपले पहिलोपल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको जवाफ एिको थियो । जबकि भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलोपल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।

माइक्रोसप्टले आफ्नो सर्च इञ्जिन बिङमा च्याट जीपीटी समावेश गरेपछि गुगलले आफ्नो आर्टिफिसिएल इन्टेलिजेन्स बार्डको प्रचारप्रसार सुरु गरेको छ ।

प्रतिक्रिया