बिहीबार, जेठ २, २०८२

अहिलेसम्मका सबैभन्दा विनाशकारी भूकम्प

नेपालखोज २०७९ माघ २९ गते १४:३३

भूकम्प सबैभन्दा घातक प्राकृतिक प्रकोप मध्ये एक हो। पृथ्वी भित्र भैरहेको यो शक्तिशाली भूवैज्ञानिक उथलपुथलले अहिलेसम्म करोडौं मानिसको ज्यान लिइसकेको छ ।

अहिलेसम्मकै सबैभन्दा घातक भूकम्पहरु

शान्शि, १५५६

सन् १५५६ मा चीनको शान्सी प्रान्तमा गएको भूकम्पलाई मानव इतिहासकै सबैभन्दा घातक भूकम्प मानिन्छ। वैज्ञानिकहरुका अनुसार करिब ८ रेक्टर स्केलको उक्त भूकम्पका कारण धेरै ठाउँमा जमिन फाटेको थियो भने धेरै ठाउँमा पहिरो गएको थियो । उक्त भूकम्पमा ८ लाख ३० हजार मानिसको ज्यान गएको थियो ।

ताङ्सान, १९७६

चीनको राजधानी बेइजिङबाट करिब एक सय किलोमिटर टाढा रहेको ताङ्सानमा गएको भूकम्पमा परी २ लाख ५५ हजार मानिसको मृत्यु भएको थियो । अनौपचारिक रिपोर्ट अनुसार मृत्यु हुनेहरुको संख्या ६ लाख भन्दा बढी थियो । त्यो ७.५ म्याग्निच्युडको भूकम्पले बेइजिङसम्म प्रभाव देखाएको थियो ।

हिन्द महासागर, २००४

डिसेम्बर २००४ मा ९.१ म्याग्निच्यूडको भूकम्पले इन्डोनेसियामा ठूलो विनाश ल्यायो । उक्त भूकम्पले २३,००० आणविक बम बराबरको उर्जा निकाल्यो । यसबाट उत्पन्न सुनामीको छालले भारत, श्रीलंका, थाइल्याण्ड र इन्डोनेसियामा जनधनको ठुलो क्षति गरेको थियो । त्यतिबेला इन्डोनेसियाको सुमात्रामा सबैभन्दा बढी क्षति भएको थियो । उक्त प्रकोपमा कुल २,२७,८९८ जनाको ज्यान गएको थियो भने १७ लाख मानिस विस्थापित भएका थिए ।

एलेप्पो, ११३८

ऐतिहासिक दस्तावेजका अनुसार सिरियाको यो भूकम्पले अलेप्पोलाई पूर्ण रुपमा हल्लायो । त्यहाँको किल्लाका पर्खाल र चट्टानहरू भुइँमा झरे । एलेप्पो वरपरका साना सहरहरू पनि पूर्ण रूपमा ध्वस्त भए । त्यो भूकम्पले २ लाख ३० हजार मानिसको ज्यान लिएको अनुमान गरिएको छ ।

हाइटी, २०१०

७ म्याग्निच्युडको यो भूकम्पले २,२२,५७० जनाको ज्यान लियो भने एक लाख घर ध्वस्त भए । यो भुकम्पमा १३ लाख मानिस विस्थापित भएका थिए । हाइटी अझै पनि पुनर्निर्माणमा संलग्न छ ।

दमघान, ८५६

दमघान कुनै समय इरानको राजधानी थियो । ऐतिहासिक दस्तावेजहरु अनुसार करिब १२ शताब्दीअघि दमघान सहरमा शक्तिशाली भूकम्प गएको थियो । त्यो भूकम्पले राजधानी र आसपासको क्षेत्रलाई पूर्णरुपमा ध्वस्त बनायो । त्यो भुकम्पमा परेर करिब २ लाख मानिस मरेको अनुमान छ ।

हाइयुवान, १९२०

चीनमा ७.८ म्याग्निच्युडको भूकम्पको धक्का हजारौं किलोमिटर टाढाको नर्वेसम्म महसुस गरिएको थियो । उक्त भूकम्पले हाइयुवान प्रान्तमा २ लाख मानिसको ज्यान लिएको थियो भने छिमेकी सिजी प्रान्तमा पहिरोले ठूलो गाउँ पुरै पुरियो ।

२०१०, लोगान्डे र हुइनिङ

यो भुकम्पमा लोगान्डे र हुइनिङ जस्ता ठूला शहर वरपरका सबै घरहरू ध्वस्त भएका थिए। भूकम्पले कतिपय नदीको बाटो नै मोडियो ।

अर्दाबिल, ८९३

इरानमा गएको दमघान भूकम्पको पराकम्पन समाप्त नभएको ३७ वर्षपछि फेरि अर्को ठूलो भूकम्प गयो । यसले उत्तरपश्चिम इरानको सबैभन्दा ठूलो सहर अर्दाबिललाई ध्वस्त बनायो भने करिब १,५०,००० मानिस मारिए । सन् १९९७ मा एकपटक फेरि त्यही क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो ।

चियाल, १९२३

टोकियो र योकोहामा क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्यायो जसमा परेर पच्चीस हजार भन्दा बढी घर ध्वस्त भए। यसलाई ग्रेट टोकियो भूकम्प पनि भनिन्छ । त्यो भूकम्पपछि चार मिटर अग्लो सुनामी आएको थियो ।

अस्गाबात, १९४८

अक्टोबर ५ , १९४८ मा तुर्कमेनिस्तानको अस्गाबात क्षेत्र शक्तिशाली भूकम्पको चपेटामा परेको थियो । ७.३ म्याग्निच्युडको उक्त भुकम्पले अश्गाबात र आसपासका गाउँहरूमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला धेरै रेलहरू पनि दुर्घटनाको शिकार भए । यो भूकम्पले १ लाख १० हजार मानिसको ज्यान लिएको थियो ।

कश्मीर, २००५

भारत र पाकिस्तानबीचको विवादित क्षेत्र कश्मीरमा गएको यो ७.६ म्याग्नीच्युडको भूकम्पमा परी कम्तीमा ८८ हजार मानिसको मृत्यु भयो । बिहान आएको उक्त भूकम्पको धक्का भारत, अफगानिस्तान, ताजिकिस्तान र चीनसम्म महसुस गरिएको थियो । यो भुकम्पमा पाकिस्तानमा करिब ८७ हजार मानिसको मृत्यु भयो भने भारतमा १ हजार ३५० जनाको मृत्यु भयो ।

सिचुआन, २००८

८७,००० भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाएको यो भुकम्पमा करिब एक करोड मानिस विस्थापित भएका थिए । ७.९ म्याग्निच्युडको यो भूकम्पमा १० हजार विद्यालय बालबालिकाको ज्यान गएको थियो । चीन सरकारका अनुसार उक्त भूकम्पबाट करिब ८६ अर्ब डलरको नोक्सानी भएको थियो ।

प्रतिक्रिया