आइसीसी लिग–२ः नेपाललाई २ सय ८६ रनको लक्ष्य
सन्दीपले लिए ८ विकेट
नेपालखोज
२०७९ फागुन २ गते १३:१०

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपालले नामिबियाबाट २८६ रनको लक्ष्य पाएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको हो ।नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनायो । नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।
गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे ।
नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो । त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया