चितुवाको छालासहित २ जना पक्राउ
नेपालखोज
२०७९ फागुन ३ गते १०:३९

धादिङ । थाक्रे गाउँपालिका–२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–१ चापाखर्क बस्ने ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेका छन् ।
उक्त ठाउँमा बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया