आइतबार, जेठ ५, २०८२

प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पठन पाठन हुने

नेपालखोज २०७९ फागुन ४ गते ७:३६

काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको हो ।

यसका लागि बेलझुण्डीमा रु ४३ करोडको शिक्षण भवन निर्माण गर्ने तयारी छ । यसका लागि लागत अनुमान समेत तयारी भइसकेको उनले बताए । ‘नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठान सुरु हुँदैछ”,उनले भने“यसका लागि रु ४३ करोडको भवन बनाउने गरी लागत अनुमान भएको छ ।’

प्राज्ञिक र आयुर्वेदमा स्नातक (विएएमएस)का विद्यार्थीका लागि २०० शैयाको एकीकृत शिक्षण अस्पताल सञ्चालनको तयारी समेत रहेको छ । प्रदेश र सङ्घको सहकार्यमा उक्त अस्पताल सञ्चालनमा ल्याइने भएको हो । त्यसका लागि प्रदेश र सङ्घले पछिल्ला दुई आर्थिक वर्षमा रु १८ करोड बजेटसमेत उपलब्ध गराएको छ ।

त्यसका लागि वातावरणीय प्रभावको मूल्याङ्कन(इआईए) पनि सम्पन्न भइसकेको छ । अस्पतालको लागत रु ६८ करोड अनुमान गरिएको छ । बेलझुलागत । बेलझुण्डी शिक्षण अस्पतालको उत्तर तर्फ ६ बिघा जग्गामा अस्पताल निर्माण हुनेछ ।

प्रतिक्रिया